मैले भात खान छोडेको छु

602 Shares

काठमाडौं । भोजपुर जिल्ला अरुण गाउँपालिका वडा.न. ७ स्थायी निवासी कवि तिलक भोजपुरेले देशको राजनीतिक र सामाजिक परिस्थिलाई उजागर कविता मार्फत उजागर गरेका छन् ।


कविता मैले भात खान छोडेको छु।

लोकतन्त्रमा मैले भात खान छोडेको छु।
मलाई भोक लाग्दा महगो राजधानीमै
रहेको जमिन खान थालेको छु।
मन्दिरमा रहेका सुन चाँदीको सजावट खादैछु।
सिमानामा पर्ने जमिन नदीको पानी संग भिजाएर खाँदै छु।

जमिन बाँझो राखेर विदेशमा रहेका नागरिकको पसिना खाँदै छु।
कहिले गाडीको पाङ्ग्रा त कहिले जहाजको पखेटा खान्छु।
बिकाशका लागि विनियोजन भएका बजेटका ठूला योजना खाँदै छु।
बुद्धको नाम र नागरिक बेचेर खाँदै छु।

त्यही भएर आफ्नै भूमिमा उत्पादन भएका फलफूल तरकारी बिक्री नभएको ।
मैले इमानदारिता, स्वाभिमानी ,नैतिकता र पहिचान खान थालेको छु।
समय मिलाएर कहिलेकाही राम्ररी घुस खाँदै छु।

राष्ट्रियता संगै इतिहास खाँदै छु वर्तमान र भविष्य खाँदै छु ।
त्यही भएरै लोकतन्त्रमा मैले भात खान छोडेको छु।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार