मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामजुरास्थित च्यान डाँडाँमा दुर्घटना भएको आशंका

  बुद्धवीर बाहिङ
581 Shares

फाईल तस्वीर

सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामजुरास्थित च्यानडाँडामा दुर्घटना भएको आशंका गरिएको छ ।

दुर्घटना स्थल नजिकैका स्थानीय डोमा लामाका अनुसार हेलिकोप्टर स-साना टुक्रामा छेदविच्छेद भएर टुक्राटुक्रा भएको आफ्नै छोरीले देखेको बताए । ‘मेरो घरबाट च्यानडाँडा भन्ने ठाउँ माथि छ । मेरो छोरीले भनेको हेलिकोप्टरको सानो सानो टुक्रा छ रे’ लामाले भनिन्, ‘हेलिकोप्टर उडिरहेको आवाज आइरहेको थियो, एकैछिनमा ठूलो आवाजमा के पड्किए जस्तो सुनिएको थियो ।’ लिखुपिके गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष ङिमछिरी लामाले पनि च्यानडाँडामा हेलिकोप्टर दुर्घटना भएको बताए ।

विहान १० बजेर १ मिनेटमा सम्पर्क बिहिन भएको हेलिकोप्टर पाइटलसहित ६ जना यात्रु छन् ।

प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको टोली पैदल रूपमा घटनास्थल पुग्दैछ । स्थानीय प्रहरी इकाइको टोली हेलिकप्टर दुर्घटना भनिएको क्षेत्रमा परिचालित भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार