काठमाडौं । नेपालको हवाई उड्ययन इतिहासमा मंगलबार सोलुखुम्बुको लामाजुरास्थित च्यानडाँडामा मनाङ एयरको हेलिकोप्टर दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०५ पुगेको छ । वि. सं. २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।
नेपाल नागरिक उड्ययन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ सोलुखुम्बुमा मंगलबार भएको हेलिकप्टर दुर्घटना ३७ औं हो । नेपालमा विदेशी १० वटा वायुसेवासमेत गरी हालसम्म नेपालमा १ सय ५ वटा दुर्घटना भइसकेका छन् ।
हवाई दुर्घटनामा अहिलेसम्म साढे ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । मंगलबारको सोलुखुम्बु दुर्घटनासमेत हवाई दुर्घटनामा ९ सय २७ जनाको मृत्यु भइसकेको छ ।
जसमा आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ९१ र विदेशी वायुसेवातर्फ ३ सय ७५ गरी गरी जम्मा ९ सय २७ जनाको मृत्यु भइसकेको छ ।
मंगलबार सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १ चालक सहित ५ जना यात्रु बोकेर उडेको मनाङ एयरको हेलिकोप्टर २४ वर्षयता भएको १५ औं हवाई दुर्घटना हो ।