काठमाडौं आएका चिनियाँ नेतासित इटालीबाट प्रचण्डको भिडियो वार्ता

  सगरमाथा अनलाईन
0 Shares

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य युआन जियाजुनसँग इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट संवाद गरेका छन् ।

संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई स्वागत गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आइँतबार दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो ।

भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको सचिवालयको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम गएका थिए ।

चिनियाँ नेता युआन जियाजुन भने आइतबार बिहान काठमाडौं आएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार