काठमाडौं, १६ कात्तिक । नेपाल किरात कुलङ भाषा सँस्कृति उत्थान संघ केन्द्रीय समितिले काठमाडौंको एस आर पार्टी प्यालेसमा देउसी भैलोको साथ साँस्कृतिक कार्यक्रम गरेको छ । ‘सार्वभौम जनताको आधार, आत्मा निर्णयको अधिकार’ भन्ने मूल नाराका साथ देउसी भैलो तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका व्यवस्थापक टंकराज होङेलु कुलुङले बताए ।
सोलुखुम्बु लगायत अन्य जिल्लाबाट आएर काठमाडौंमा बसोबास गरिरहेका कुलुङहरु केन्द्रीय संघमा आबद्ध भएर सामाजिक तथा जातिय काम गरिरहेका छन् । देउसी भैलो कार्यक्रममा दर्शकहरु छमछमी नाचेका थिए ।
https://youtube.com/watch?v=grK-y84uN5U