२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

इजरायलमा हमासको आक्रमणः सेल्टर गइरहेका १४ नेपालीमध्ये ७ घाइते



काठमाडौं । इजरायलस्थित नेपाली दुतावासका अनुसार हमासको आक्रमण लगत्तै कार्यस्थल छाडेर सेल्टर लगिँदै गरेका १४ मध्ये ७ नेपाली घाइते छन् ।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले यसको पुष्टि गरिन् । ‘नेपालीहरु बसेको शेदेत नेगेबका बस्तीहरुमा हमासले आक्रमण गरेको छ । त्यसमध्ये एउटा ठाउँमा काम गरिरहेका १४ नेपालीमध्ये ७ जना घाइते हुनुभएको छ ।’

उनले घाइते नेपालीको नाम काठमाडौंबाट परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्ने बताइन् । दूतावासको अभिलेख अनुसार इजरायलमा यति बेला ४५ सय नेपाली छन् ।

गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको र हजार बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ४ : ३१ बजे