२४ असार २०८२, बुधबार | Wed Jul 9 2025

सोलुखुम्बु दुर्घटनापछि मनाङ एयरको उडान अनुमतिमा प्रतिबन्ध



काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले मनाङ एयरका होलिकोप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ । मनाङ एयरका होलिकोप्टर लगातार दुर्घटना भएपछि प्राधिकरणले उडानमा प्रतिवन्ध लगाएको हो ।

गएको असारमा सोलुखुम्बुकै लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको थियो । ३ महिना नबित्दै सोलुखुम्बुकै लबुचेमा सोहि एयरलायन्सको हेलिकोप्टर शनिबार दुर्घटना भएपछि नागरिक उड्ययनले उडान अनुमतिमा प्रतिबन्ध लगाएको हो ।

मनाङ एयरका हेलिकोप्टरको खराब उडान सुरक्षाका कारण एयर अप्रेटर सर्टिफिकेट निलम्बन गरिएको प्राधिकरणका सह–प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : १० बजे