कांग्रेस प्रदेश सम्मेलनका लागि प्रतिनिधी छनौट

  सगरमाथा अनलाईन
336 Shares

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले प्रदेश सम्मेलनका लागि प्रतिनिधी छनौट गरेको छ । प्रदेश ‘क’ र प्रदेश ‘ख’बाट प्रदेश सभापति सहित १८ जना प्रतिनिधी छनौट गरिएको प्रदेश ‘ख’ सभापति कर्मा शेर्पाले जानकारी दिए ।

प्रदेश ‘क’ बाट धनजन राई, अञ्जु नाछिरिङ राई, सर्मिला खडका, सञ्चाराम कुलुङ, बाबुराजा केसी, कैलाश केसी, तेजबहादुर बरुवाल (सौरभ), निरकला राई र केदारसिं गुरुङलाई प्रदेश सम्मेलनका लागि प्रतिनिधी छनौट गरिएको प्रदेश ‘क’ सचिव विजय गुरुङले बताए ।

त्यसैगरी प्रदेश ‘ख’ बाट कर्मा शेर्पा, ङवाङल्हाक्पा शेर्पा, भुपाल राई, सानुमाया राजभण्डारी, पुर्णिमा तामाङ, विनिता थापा, पासाङ तामाङ, प्रकाश बस्नेत र धनबहादुर कामी छनौट गरिएको प्रदेश ‘ख’ सभापति कर्मा शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार