काठमाडौं । गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिको २६ औं वार्षिक साधारणसभा भव्यतापूर्वक सम्पन्न भयो । काठमाडौं बौद्ध स्थित दिव्यनगर पार्टी प्यालेसमा आयोजना गरिएको साधारणसभाका प्रमुख अतिथि संविधानसभा सदस्य,युवा नेता यज्ञराज सुनुवारले पानसमा बत्ती बालेर पहिलो शत्रको शुभआरम्भ भएको, सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि यज्ञराज सुनुवारले गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी २६ औं वार्षिक उत्सवको अवसरमा सहकारीले आफ्नो कारोबार थप उचाई तर्फ अगाडि बढाउदै जाओस् भन्ने शुभकामना दिए ।
विद्यामान आर्थिक मन्दि र समस्या गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारीमा मात्र नभई समग्र देशभरका सहकारीहरुमा देखापरेको समस्या हो । यो राज्यको समस्या हो,यो समस्यालाई सहकारीका सञ्चालक समिति र बचतकर्ता साथै सम्बन्धित निकाय एकावद्ध भई समस्या समाधनपतर्m लाग्नु पर्ने बताए ।
सो २६ औं वार्षिक साधारणसभा प्रतिवेदन पेश र आ.व.२०८०÷०८१ गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारीको कार्य योजना सहकारीका कार्यकारी प्रमुख लाल बहादुर क्षेत्रीले प्रस्तुत गरे । सो साधारणसभामा सञ्चालक समिति सदस्य मनप्रसाद सुनुवारले साधारणसभामा उपस्थितलाई स्वगत तथा शुभकामना मन्तव्य राखेका थिए भने बन्द शत्रमा बचतकर्ताहरुले सहकारीका सञ्चालकहरुलाई बचतकार्ताहरुको रकम सुरक्षित फिर्ता गर्ने योजना र सुरक्षाका प्रतिभूत गर्न खबरदारी गरे .