माप्य दुधकोशीमा म्याराथनको लागि रेकी कोरियाे

चैतमा अन्तराष्ट्रियस्तरको म्याथन आयोजना हुँदै

  सगरमाथा अनलाईन
343 Shares

सोलुखुम्बु । जिल्लाको माप्य दुधकोशी गाउँपालिकास्थित सेलगुढी डाँडाबाट एभरेष्ट भ्यू ट्रेल ग्लोबल म्याराथनको लागि रेकी कोर्न शुरु गरिएको छ ।

अल्ट्रा धावक मिरा राई र धावक तेञ्जी शेर्पाको संयुक्त सहयोगमा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको नेतृत्वमा एभरेष्ट भ्यू ट्रेल ग्लोबल म्याराथनको लागि रेकी कोर्न शुरु गरिएको हो । गाउँपालिकामा पर्यटन प्रबद्र्धन गर्ने मूल उद्देश्य सहित आउने चैत महिनामा अन्तराष्ट्रियस्तरको म्याराथन आयोजना गर्ने गरी आवश्यक तयारी थालिएको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

‘विशेष गरी माप्य दुधकोशी गाउँपालिकामा अत्यन्तै सम्भावना रहेको पर्यटन क्षेत्रको समग्र विकास गर्नको लागि अन्तराष्ट्रियस्तरको म्याराथन आयोजना गर्न लागेका हौं ।’ अध्यक्ष राईले भने, ‘अस्ति भर्खरै हामीले एभरेष्ट साँस्कृतिक ट्रेल’को शुभराम्भ गरेका छौं । त्यसैको निरन्तरताको लागि हामीले यो म्याराथनको आयोजना गर्न लागेका हौं ।’

माप्यदुधकोशी गाउँपालिकामा सञ्चालित एभरेष्ट भ्यू ट्रल ग्लबोल म्याराथनको दुरी ४२ किलोमिटरको हुनेछ । रेकीको शुभराम्भ कार्यक्रममा माप्यदुधकोशी गाउँपालिका भित्रका ७ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई म्याराथनका विषयमा प्रशिक्षित समेत गरिएको थियो ।

चैतमा आयोजना हुने सो म्याराथन प्रतियोगिता एभरेस्ट दुधकोशी कल्चर ट्रेलमा आयोजना गरिने छ । सिलिगुडी डांँडाबाट सुरु भएर सिलिगुडी डाँडामै समापन गरिने अन्तर्राष्ट्रिय स्तरको सो प्रतियोगितामा विभिन्न उमेर समूहका स्वदेशी तथा विदेशी म्याराथन धावकहरुले सहभागी हुन पाउँने गाउँपालिकाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार