संयुक्त राष्टसंघ, १६ कात्तिक । एकजना चिनियाँ वरिष्ठ कूटनीतिज्ञले यमनमा दिगो शान्ति राजनीतिक वार्ताबाट मात्र सम्भव रहेको जानकारी दिएका छन् ।
उनले भनेका छन्, यमनमा दिगो शान्ति जतिसक्दो चाँडो आवश्यक छ र त्यो रानजीतिक वार्ताबाट मात्र सम्भव छ ।
एकजना चिनियाँ वरिष्ठ कूटनीतिज्ञ उ हाइताउले सो धारणा राखेका हुन् । उनी संयुक्त राष्टसंघीय नियोगका लागि चिनियाँ उपप्रमुख प्रतिनिधि हुन् ।
उनले भने हामीले यमनी सरकारलाई त्यहाँ रहेका सबै राजनीतिक दलहरुलाई प्रतिबन्ध फुकुवा गर्न र वार्ताका लागि सबैलाई आह्वान गर्न आग्रह गरेका छौँ, उनले भने ।
यमनमा विगतका केही वर्षदेखि विद्रोह सुरु भएको छ । सो विद्रोहको अन्त्यका लागि विभिन्न समयमा प्रयासहरु जारी छन् । तर सम्भव भएको छैन ।
यमनमा हुथी विद्रोहीहरुको विद्रोहका कारण ठूलो संख्यामा नागरिक हताहति भएको छ । रासस/सिन्ह्वा
राजनीतिक वार्ताबाट मात्र यमनमा शान्ति सम्भव छ : चीन
0
Shares