थुलुङ दुधकोशी सातले गर्याे सगरमाथा आरोहीलाई सम्मान, पर्वतीय पर्यटन प्रशिक्षण सूरु

  सगरमाथा अनलाईन
203 Shares

साेलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ मा तीन दिने पर्वतीय पर्यटन प्रशिक्षण सूरु भएको छ । वडा नम्बर ७ को आयोजनामा उक्त प्रशिक्षण सुरु भएको वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

जुसुकै क्षेत्रमा काम गर्नेहरुलाई आधारभूत सीप आवश्यक पर्ने भएकाले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष कार्कीले बताउँनुभयो । थुलुङ दुधकोशी ७ को माथिल्लो क्षेत्रका अधिकांश युवाहरु सगरमाथा क्षेत्रमा ट्रेकिङ जाने र विविध समस्याहरुमा पर्ने भएकाले तालिम आवश्यक रहेको उहाँको भनाई छ ।

यस्तै गाउँपालिका अध्यक्ष असिम राईले कार्यक्रमलाई सम्बोधन गर्दै हिमाली क्षेत्रको पर्यटनमा काम गर्ने नेपालीहरुको योगदानको प्रशंसा गर्नुभयोे । विभिन्न क्षेत्रबाट राज्यलाई सहयाेग गर्ने गाउँबस्तीका व्यक्तीहरुलाई थुलुङ दुधकोशी ७ ले सम्मान गर्ने कार्य महत्वपुर्ण रहेको उहाँको भनाई छ । पर्यटन क्षेत्रको वृहतर विकासमा गाउँपालिकाले काम गरिरहेको बताउँदै उहाँले यस क्षेत्रको प्रवर्द्धनमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

तालिममा वडा भित्रका ४५ जनाको सहभागीता रहेको वडा कार्यालयले जनाएको छ । वडाले सञ्चालन गरेको तालिम महत्वपुर्ण तथा जीवनउपयोगी रहेको भन्दै सहभागीले खुसी व्यक्त गरेका छन् ।

सगरमाथा आरोही सम्मानित

यस्तै सोही कार्यक्रमका बीच थुलुङ दुधकोशी-७ स्थायी ठेगाना भइ हाल सम्म सगरमाथा आरोहण गर्ने आरोहीलाई वडाले सम्मान समेत गरेको छ । सबै भन्दा बढी पाँच पटक सम्म सगरमाथा आरोहण गर्नुभएका किताब सिं तामाङ सहित चार जनालाई सम्मान पत्र प्रदान गरिएको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मानित हुनेहरुमा दुर्गा तामाङ, तुल बहादुर तामाङ र पासाङ तामाङ रहनुभएको छ । गाउँपालिका अध्यक्ष असिम राईले उहाँहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको हाे ।

सगरमाथा आरोहीका कारण राज्यले करोडौँ रोयल्टी लिन सफल भएको भन्दै अध्यक्ष राईले आफ्नो ज्यानको बाजी राख्दै आरोहणमा सहयोग गर्ने नेपालीकाे याेगदान अतुलनीय रहेकाे बताउँनुभयाे । देशको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेल्ने आरोहण क्षेत्रमा योगदान पु¥याउनेहरुको कदर गर्दै वडाले सम्मान गरेको बताइएको छ ।

सम्मान कार्यक्रमले आफुहरुलाई थप हौसला प्राप्त भएको सगरमाथा आरोही किताब सिं तामाङले बताउँनुभयो । जनतासंग सबैभन्दा नजिक रहेको वडा सरकारले आफुहरुलाई पहिचान गरि सम्मान गर्नु गौरबको कुरा रहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार