सोलुखुम्बु । जनता समाजवादी पाटी नेपाल सोलुखुम्बुको अध्यक्षमा फुरी ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् । सदरमुकाम सल्लेरीमा सम्पन्न भएको भेलाले शेर्पालाई अध्यक्षमा सर्वसहमत निर्वाचित गरेको हो ।
शेर्पाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन गरिएको जसपा शेर्पालुङ राष्ट्रिय समिति मुख्य सचिव महेश रानामगरले बताए । जसपाको जिल्ला उपाध्यक्षमा भैराज मगर र सुरतबहादुर बस्नेत निर्वाचित भएका छन् ।
त्यसैगरी मुख्य सचिवमा हेमन्त किराँती, उपसचिवमा योगेश बराईली र युद्ध मगर, कोषाध्यक्षमा प्रेम नेम्बाङ निर्वाचित भएका छन् । कार्यकारिणी सदस्यमा ल्हाक्पा छिरिङ विक, हिराबहादुर खालिङ, ल्हाकी शेर्पा, पाल्देन शेर्पा, ल्हाक्पा शेर्पा, आङकामी शेर्पा निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा बसन्त पाख्रिन, किमा शेर्पा, भुपेन्द्र कुलुङ, सुरेश तामाङ, आङपेम्बा शेर्पा, डेण्डी शेर्पा, सुवास राई र फुर्वा तामाङ निर्वाचित भएका छन् ।
रुपान्तरीत सोलुदुधकुण्ड नगर समिति गठन
जसपा नेपालको रुपान्तरीत सोलुदुधकुण्ड नगर समिति किमा शेर्पाको संयोजकत्वमा गठन गरिएको छ । शेर्पाको संयोजकत्वमा ११ सदस्यीय नगर समिति गठन गरिएको हो ।
सहसंयोजकमा सुम्जोक लामा र सोनाम शेर्पा, सदस्यमा याङ्जी शेर्पा, कुमारी बिक, दावायाङ्जी शेर्पा, ग्याल्जेन शेर्पा, कामि सार्की शेर्पा, सोनाम शेर्पा, ङवाङ छोतेन शेर्पा र कुमार मगरलाई चयन गरिएको हो ।
त्यसैगरी स्थानीय तह संयोजकको जिम्मेवारी समेत तोकिएको छ । नेचासल्यान गाउँपालिकाको संयोजकमा सुवास राई, सोलु दुधकुण्ड नगरपालिकाको संयोजकमा किमा शेर्पा, माप्य गाउँपालिका संयोजक बसन्त पाख्रिन, सोताङको झक्तबहादुर राई, लिखुपिकेको सुरतबहादुर बस्नेत, खुम्बु पासाङल्हामुको आङपेम्बा शेर्पा, थुलुङ दुधकोशीको सुरेश तामाङ र महाकुलुङको भक्तबहादुर राईलाई संयोजकको जिम्मेवारी दिइएको जसपा सोलुखुम्बुका मुख्य सचिवमा हेमन्त किराँतीले बताए ।
कार्यक्रममा जसपा राजनैतिक समिति सदस्य तथा सङ्घठन बिभाग सचिव ल्हाक्पा शेर्पा, १ नम्बर प्रदेश समिति सदस्य भक्त राई, शेर्पालुङ राष्ट्रिय समिति मुख्य सचिव महेश राना मगर, निवर्तमान अध्यक्ष तथा जिल्ला खेलकुद बिकास समिति अध्यक्ष नरेन्द्र रानामगर लगायतको उपस्थिति रहेको थियो ।