देश र जनताको हितमा संविधान संशोधन हुनुपर्छः अध्यक्ष ओली

0 Shares

काठमाडौँ, १५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश जनताको हित हुने पक्षमा संविधान संशोधन हुनुपर्ने बताएका छन् ।
भक्तपुरको बालकोटस्थित आफ्नै निवासममा रिपोर्टर्स क्लवको देउसी–भैलो टोलीसँग कुराकानी गर्दै उनले भने – “राष्ट्र र जनताको हित हुने गरी गर्ने सकरात्मक संशोधनका पक्षमा एमाले रहेको छ ।”
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सत्ता प्राप्तिका लागि हुने संविधान संशोधनमा एमालेले साथ दिन नसक्ने बताउँदै कुनै प्रकारको दबाब र प्रयासबाट देशलाई नै अहित हुने गरी संविधान संशोधन हुन नसक्ने विचार व्यक्त गरे ।
यद्यपी, संविधान गतिशिल र परिवर्तनशील दस्तावेद भएकाले देशलाई आवश्यक परे संशोधन गर्न सकिने बताउँदै उनले भने – “दलहरु मिलेर अघि बढेमा तीन वर्षमा नै देश समृद्ध हुन सक्छ, तर त्यसका लागि दलहरुबीच उच्चस्तरको समझदारी हुन जरुरी छ, जात जात र क्षेत्रका नाममा हाम्रो विविधतालाई फुटाएर हुँदैन ।”
अध्यक्ष ओलीले पछिल्लो समय नेपालको संस्कृतिमाथि विभिन्न प्रकारबाट अतिक्रमण भइरहेकोमा चिन्ता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार