२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

कात्तिकभित्रै संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ : रामचन्द्र पौडेल



काठमाडौँ, १५ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कात्तिकभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताएका छन् ।
आफ्नै निवास बोहोराटारमा रिपोर्टर्स क्लवको देउसी–भैलो टोलीसँग कुराकानीगर्दै उनले भने – संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको छ ।
नेता पौडेलले मधेसी मोर्चाले भने बमोजिम प्रदेशको सिमाङ्कन, भाषा विबाद, नागरिकताको सवाल, राष्ट्रिय सभाको स्वरुप लगायतका विषयमा दुवै पक्षवीच समझदारीकासाथ अघि बढ्ने सहमति भएको पनि बताए ।

उनले संविधान संशोधनका लागि एमाले पनि सहमतिमा आउने विश्वास व्यक्त गर्दै उनले भने – मुलुकको समस्या समाधानका लागि दलहरु मिल्नुको विकल्प छैन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७३, मंगलबार  ३ : १८ बजे