गोरखाको वीरेन्द्र ताल फुट्यो, सतर्क रहन तल्लो क्षेत्रका बासिन्दालाई आग्रह

  सगरमाथा अनलाईन
98 Shares

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेको पुष्टि गरे । उनले भने, ‘तालको पानी बाहिर आएको जानकारी आएको छ, तर थप विवरण आइसकेको छैन ।’

उनले ताल भएको क्षेत्रतिर प्रहरी टोली परिचालन भइसकेको जानकारी दिए । बाढीले क्षति पु¥याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको उनले जानकारी दिए ।

चुमनुब्री गाँउपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले प्रारम्भिक जानकारी अनुसार तालमा हिमपहिरो खसेको र त्यसपछि तालको पानी छचल्किएर बाहिर आएको खबर आफूहरुले पाएको बताइन् ।

‘ताल नै फुटेको नभई तालमा हिमपहिरो आएकाले पानी बाहिर पोखिएको र बाढी आएको भनेका छन्, बाँकी कुरा बुझ्दैछौं’, उनले भनिन्, ‘अहिले तल बुढिगण्डकीमा धमिलो पानी र बाढी आएको छ । अरु अवस्था के छ, बुझ्न खोजिरहेका छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार