राजविराज, १७ कात्तिक । सप्तरीको छुट्टाछुट्टै ठाउँमा मङ्गलबार आगलागी हुँदा रु पाँच लाख मुल्य बरावरको क्षति भएको छ ।
जिल्लाको विषहरिया–७ मा पटाका पड्काउने क्रममा आगलागी हुँदा स्थानीयवासी हरिनारायण यादवको दुईवटा घर जलेर नष्ट भएको छ ।
यस्तै सप्तरीको पोर्ताहा–४ का असर्फी लोहटिया यादवको गाईगोठमा बालेको घुरबाट अचानक आगलागी हँुदा निजको गाईगोठ र पूजा घर पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
त्यस्तै सोही आगोबाट छिमेकी लक्ष्मण यादवको गाईगोठ पनि नष्ट भएको प्रहरीले बताइएको छ । सो आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई प्रहरीले निभाएका थिए ।