काठमाडौं । सन २०२४ मा पर्यटक आगमन औसत मासिक १ लाखभन्दा माथि पुगेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख १६ हजार ६९ पर्यटक नेपाल आएका छन् । यस आँकडाअनुसार मासिक १ लाख ४ हजार १७ पर्यटक नेपाल आएका छन ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अप्रिलमा मात्र १ लाख ११ हजार ३ सय ७६ पर्यटक नेपाल आएका छन ।
आँकडाअनुसार लगातार दोस्रो महिना (मार्च र अप्रिल) १ लाखमाथि पर्यटक आएका हुन । त्यसअघिका २ महिना जनवरी र फेब्रुअरीमा १ लाखभन्दा कम पर्यटक आए पनि पछिल्लो २ महिनाको आगमनले औसत १ लाखमाथि पर्यटक आगमन भइरहेको देखाउँछ ।