सागर ढकालले लिए वेष्ट इन्डिजको ३ विकेट

  सगरमाथा अनलाईन
105 Shares


काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ । त्रिवि क्रिकेट मैदानमा तीनै विकेट सागर ढकालले लिएका हुन् ।

सागरले कादिम एलेन, जोनसन चार्ल्स र मार्क दयाललाई पेभेलियन फर्काएका हुन् । १.४ ओभरमा एलेनलाई रोहित पौडेलबाट क्याच आउट गराएका सागरले आठौं ओभरको पहिलो बलमा चार्ल्स र सोही ओभरको तेस्रो बलमा दयालको विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको नेपालले पहिले फिल्डिङ गरिरहेको छ । नेपाल रिसिजमा दोस्रो जित निकाल्ने दाउमा छ । यसअघि भएको चारमध्ये तीन खेल जित्नै सिरिज वेष्ट इन्डिजले जितिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार