भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आज आउँदै

0 Shares

काठमाडौँ, १७ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जीे नेपालको तीनदिने राजकीय भ्रमणका लागि आज दिउँसो आउँदै छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि सुरक्षासहित आवश्यक सबै प्रबन्ध मिलाइसकिएको छ । राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नेछन् ।

उनको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेकोे छ । अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते यहाँको भ्रमण गर्नुभएको थियो ।

भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि नेपाल र भारतका झन्डा तथा स्वागत सन्देशका तुलहरु चोकचोकमा राखिएको छ । उनको सवारी रुटमा पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् ।

राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले आजै शीतलनिवासमा भेटवार्ता गर्नुहुनेछ । उनको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार