सोलुखुम्बुमा विभिन्न बहानामा रोकिएका विकासका काम शुरु होसः केसी

  सगरमाथा अनलाइन
574 Shares

सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, कार्यसम्पादन समितिका सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले सोलुखुम्बुमा विभिन्न बहानामा रोकिएका विकासे योजनाहरु पुनः सुचारु गर्न आग्रह गरेका छन् । कांग्रेस सोलुखुम्बुका ७ स्थानीय तहमा सञ्चालन भएको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै पूर्वमन्त्री केसीले आफू जिल्लाको सांसद हँुदा ल्याएका कतिपय योजनाहरु विभिन्न बहानामा रोकिएको भन्दै ती योजनाहरुलाई पुनः सुचारु गर्न अनुरोध गरेका हुन् ।

पूर्वमन्त्री केसीले गत निर्वाचनमा सहभागी भएका नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तकहरुलाई धन्यवाद समेत दिनुका छन् । नेपाली काङ्ग्रेसको तर्फबाट स्थानीय तहहरुमा निर्वाचित जनप्रतिनिधिको समेत विशेष उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रमहरुमा जनचाहना अनुसार काम गरेर अगाडि बढ्न निर्देशन दिदै विगतमा नेपाली काङ्ग्रेस नेतृत्व र उहाँ आफ्नै पहलमा सुरु भएका विकासका सबै आयोजनाहरुलाई बिना हिच्किटाहट सम्पन्न गर्दै जान सुझाव दिएका छन् ।

सोलुखुम्बु जिल्लामा वितगदेखि सुरु गरिएका र विभिन्न कारणले रोकिरहेका विकास पुर्वाधार निर्माणका सबै आयोजनाहरु सकेसम्म चाडै र गुणस्तरीय बनाउनुपर्ने बताउनुहुदै ती आयोजना सुरु गराउन आफुले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । अहिले केही जनप्रतिनिधिले नाम लिनसमेत डराएको तर जिउँदो इतिहास कसैले जबर्जस्त मारेर नमर्ने, निर्वाचनमा पराजित भएतापनि आफ्नो जिल्लाको विकास र जनताका सेवामा सदैव लागिरहेको र निरन्तर लागिरहने बताउनु भयो । निर्वाचनमा जिल्ला नेताहरूको घात अन्तरघात, पार्टीको तत्कालीन केन्द्रीय सरकारी नेतृत्वको आदेशमा प्रशासनको असहयोग रहनु, चुनावी गठबन्धनलाई जनताले नरुचाउनु, गठबन्धनका उमेदवार र सो पार्टीप्रति पुर्णरुपमा विश्वासमा पर्नुपनि आफू पराजित हुनुपरेको बताउनुभयो ।

पार्टीका उमेदवारहरुप्रति गरिने घात अन्तरघातलाई बेलैमा व्यवस्थापन गर्नतिर नलाग्ने हो भने आगामी चुनावमा जोसुकै व्यक्ति उमेदवार भएपनि परिणाम सुखद नआउने ठोकुवा गर्नुभयो । पार्टीका केही जिल्ला नेताहरू विभिन्न कारणले केन्द्रीय नेतृत्वसँग पहुँच हुदैमा आफुलाइ सुपरिएर नठान्न बरु त्यसलाई सहि सदुपयोग गरिहाल्न सुझाव दिदै जुन जिम्मेवारी पदमा हो सोहि अनुसार जिम्मेदारी पूरा गरेर देखाउन आग्रह गर्नुभयो । गाउँगाउका पार्टी साथीहरूहरुको चुनाबमा गठबन्धन गर्न नहुने सुझाव प्रति अब आगामी निर्वाचनमा काङ्ग्रेस एक्लै चुनाव लड्ने, बरु सरकार बनाउदा गठबन्धन गर्दा राम्रो हुने बताउनु हुदै केन्द्रमा आफू र आफ्नो टिमले चुनावी गठबन्धन नगर्न माग गरेको तर नेतृत्वले सुनुवाइ नगरेको केसीले सुनाउनुभयो । केन्द्रमा नेतृत्वले गरेका गलत निर्णयहरुप्रति जहिल्यै पनि प्रतिरोध गरेको तर आफुहरुको आवाज कम हुनाले सुनुवाइ नभएको, अनि चाकडी झुन्डको सल्लाहमानै धेरै निर्णय हुनेगरेकोले केन्द्रीय नेतृत्वप्रति जनताको आशा नरहेको खुलासा समेत गर्दै,तर पनि पार्टीको एक जिम्मेवार सिपाही हुनाले केन्द्रको निर्णयलाई पालाना गर्दै आएको बताउनुभएको थियोे। नेपाली काङ्ग्रेसको नेतृत्वमा स्थानीय सरकार रहेको सोलुदुधकुण्ड नगरपालिका भने विगत लामो समयदेखि पार्टीको आन्तरिक कुनैपनि कार्यक्रमहरु भएका छैनन् ।

सोलुखुम्बुको ७ स्थानीय तहमा कांग्रेसको छलफल सम्पन्न

जिल्लाको ८ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहमा नेपाली काङ्ग्रेसले भेटघाट, छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस सोलुखुम्बुले १ महिना लगाएर ७ स्थनाीय तहमा कार्यकर्ता भेटघाट एवं छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

वैशाख २७ गते महाकुलुङको बुङबाट सुरु भएको भेटघाट, छलफल एवं अन्तरक्रिया कार्यक्रम जेठ ३१ गते लिखुपिके गाउपालिकाको चौलाखर्कमा आएर सम्पन्न भएको थियो । कार्यक्रम गाउपालिका कार्यसमितिको आयोजनामा गरिएको नेपाली कांग्रेसका युवा नेता वेदप्रसाद वनले बताए ।

महाकुलुङ गाउँपालिकाका सभापति बलकुमार कुलुङ, सोताङका सभापति कृष्णबहादुर कार्की, थुलुङदुधकोशीका कार्यबाहक सभापति सोमराज केसी, नेचासल्यानमा प्रदेश सभा क क्षेत्रीय सभापति धनजन राई, माप्यदुधकोशीमा सभापति नवीन कार्की, खुम्बुपासाङल्हामुका उपसभापति एवं १ नं वडा अध्यक्ष फुनुरु शेर्पा र लिखुपिकेका सभापति सुरज बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएका हुन ।

नेपाली काङ्ग्रेसको १४औं अधिवेशनपछि जिल्ला व्यापी रुपमा पहिलो कार्यक्रम भएको नेता वनले बताए । जिल्ला व्यापी कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य आङगेलु शेर्पा, जिल्ला सभापति एवं सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेलजाङबु शेर्पा, जिल्ला कार्यसमितिका वर्तमान र पुर्वःपदाधिकारी, सदस्यहरु, सोताङ गाउपालिका अध्यक्ष खिलराज बस्नेत, नेचासल्यान गाउपालिका अध्यक्ष धनजन राई, लिखुपिके गाउपालिका अध्यक्ष मिना कार्की बस्नेत, महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङ, वडा अध्यक्ष, सदस्यहरु, महासमिति, केन्द्रीय महाधिवेशन, प्रदेश क्षेत्रीय पदाधिकारी, प्रदेश प्रतिनिधि, भातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय तथा जिल्ला नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार