२३ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक आइतबारका लागि बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ । बैठक आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ३ : ५९ बजे