पूर्वराज्यमन्त्री रायको हत्याबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ : गृहमन्त्री लेखक

  सगरमाथा अनलाईन
119 Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपलिका-१ मा सोमबार भएको रायको हत्याबारे प्रतिनिधिसभामा उठेको प्रश्नको मंगलबार गृहमन्त्री लेखकले जवाफ दिँदै । सो घटना हुनुअघि घरमा आएका तीन जना शंकास्पद व्यक्तिहरुको खोजी भइरहेको बताए ।

मृतक रायको टाउकोको बायाँ पट्टीको भागमा धारिलो हतियार प्रहार भएको छ’, उनले भने, ‘घरमा काम गर्ने सर्लाहीका २१ वर्षीय रामउजैन रायलाई घटनाबारे सोध्दा तत्काल परिचय नखुलेको ४०र४५ उमेरका तीन जना व्यक्तिहरु आएको र जग्गाको कुरा कहिले मिलाइदिने हो भनि सोधेका थिए भनाई आएको छ ।’

त्यसपछि रामचन्द्रले आफूलाई ‘सुत्न जा’ भनेको उनले प्रहरीलाई बएन दिएका छन् । ती व्यक्तिहरु राति १ बजेतिर आएको गृहमन्त्री लेखकले भनेका छन् । रामउजैनले आफू राति शौचालय जान फर्किएर आउँदा पूर्वराज्यमन्त्री रायलाई मृत अवस्थामा देखेको बएनमा भनेका छन् ।  ‘उनलाई आवश्यक अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा राखिएको छ’, उनले भने, ‘तीन जना फरारको खोजतलास जारी छ ।’ घटनास्थलदेखि करिब २०र२५ मिटरको दूरिमा रहेको बाँसको झ्यांगमा हत्यामा प्रयोग भएको हतियार पनि फेला परेको लेखकले भनेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० बाट पनि यसबारे विस्तृत अनुसन्धान भइरहेको मन्त्री लेखकको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार