काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार चालु आर्थिक वर्ष २०८१र८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति पारित गर्न अहिले राष्ट्र बैंक सञ्चालक समिति बैठक बसिरहेको छ ।
मौद्रिक नितिको प्रमुख औजार मानिने नीतिगत दरहरूमा सामान्य परिवर्तन गर्दै बजार चलायमान बनाउनेगरी नीतिगत व्यवस्था परिमार्जन गर्नेगरी मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रीय बैंकको तयारी छ ।
जारी बैठकमा मौद्रिक नीति पारित तथा आर्थिक वर्ष २०८०र८१ को राष्ट्र बैंकको प्रारम्भिक वित्तीय प्रतिवेदनमाथि छलफल गर्ने एजेण्डा रहेको एक सञ्चालकले बताए ।
‘मौद्रिक नीति आर्थिक गतिविधि चलायमान बनाउनेमा नै केन्द्रित हुन्छ । मौद्रिक नीतिलाई बाँधेर राखेको नियामकीय नीतिमा आवश्यक परिमार्जन गर्नेमा मौद्रिक नीति लक्षित रहेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘सबैले बताउँदै आएका र महसुस गरेका समस्या केन्द्रीय बैंकले बेवास्ता गर्न सक्दैन । केन्द्रीय बैंकले आफ्नो क्षेत्राधिकारभित्र रहेर शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनेगरी मौद्रिक नीति ल्याउँछ ।’ सेयर धितो र रियल इस्टेट कर्जामा लचकताको अपेक्षा ,५० लाखभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत रहेको जोखिम भार घटाउने, ट्रस्ट रिसिप्टलगायतका आयात कर्जाको जोखिम भार घटाएको अवस्थामा पनि कर्जा लगानीका लागि केही आधार बन्नसक्ने बैंकर्स बताउँछन् ।
त्यस्तै, सेयर धितो कर्जाको व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडको सीमामा पुरावलोकन गर्नुपर्ने माग उठिरहेको छ । राष्ट्र बैंकले कर्जा नीति बनाउनुपर्ने र सेयर बजारमा लगानी गर्ने नीति धितोपत्र बोर्डले नै बनाउने भएकाले त्यस किसिमको सीमा राष्ट्र बैंकले तोक्न नहुने डा। युवराज खतिवडाले नै बताउँदै आएका छन् । खतिवडाले मौद्रिक नीतिमा चासो देखाएकाले त्यसमा परिमार्जन हुने अपेक्षा धेरैको देखिन्छ ।
माइक्रोफाइनान्समा लाभांश वितरण गर्न पाउने सीमा १५ प्रतिशत रहेकोमा त्यसमा परिमार्जनको सम्भावना रहेको पनि बताइन्छ । लघुवित्तहरुले कर्जाको दोहोरोपनाको समस्या समाधानका लागि ७ लाखसम्मको कर्जा लिएका ग्राहकले एकभन्दा बढी संस्थाबाट कर्जा लिएको भए ग्राहकले रोजेको संस्थाले कर्जा स्वाप गर्नसक्ने सुविधा दिनुपर्ने माग गरिरहेका छन् । त्यसमा केन्द्रीय बैंक सकारात्मक देखिन्छ ।
त्यस्तै ब्याजदरको क्याप हटाउन अहिले बेस रेट वा कस्ट अफ स्प्रेड रेट तोक्दै स्प्रेड रेट र १५ प्रतिशतको क्याप जुन कम हुन्छ त्यही ब्याजदर कायम गरेर विस्तारै १५ प्रतिशतको क्याप हटाउनुपर्ने लबिङ लघुवित्तहरुको छ ।
चालुपूँजी कर्जाका सहुलियत हुनसक्छ
अहिले आन्तरिक माग घटेका कारण कम्पनीहरुको कारोबारमा उच्च गिरावट भएको भन्दै चालुपूँजी कर्जा मार्गदर्शनमा उल्लेख वार्षिक कारोबारमा कर्जा दिने सीमामा लचिलो बन्नुपर्ने माग निजी क्षत्रले गर्दै आएको छ । त्यसमा राष्ट्र बैंक सकारात्मक रहेको स्रोतको दाबी छ ।
मार्गदर्शन लागू हुनुपुर्व लगानी भएको कर्जामा सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए २०८२ असारभित्र पूर्ण रुपमा चुक्ता गर्नुपर्ने व्यवस्थामा केही समय थप गर्दै त्यसको तालिका पर सार्न निजी क्षेत्रसँगै बैंकर्सले पनि आग्रह गर्दै आएका छन् ।
यस्तै, चालुपूँजी कर्जाको क्यास क्रेडिट खातामा मागर्दर्शन लागू भएको पहिलो वर्ष लगातार ७ दिन कुल कर्जाको ३० प्रतिशत भन्दा रकम बक्यौता, दोस्रो वर्ष २० प्रतिशत भन्दा कम बक्यौता र तेस्रो वर्ष १० प्रतिशतभन्दा कम बक्यौता कायम गर्नुपर्ने व्यवस्थामा समेत पुनर्विचार गर्न बैंकर र निजी क्षेत्रले आग्रह गर्दै आएका छन् ।
गत साताको मंगलबार साँझ भएको गभर्नर र अर्थमन्त्री बीचको छलफलमा समेत चालुपूँजी कर्जा मार्गदर्शनमा केही लचकता अपनाएर जाने विषयमा सहमति भएको स्रोतको दाबी छ ।
‘मौद्रिक नीतिले एउटा संकेत दिने हो । त्यसमा निजी क्षेत्र र सरकारको समेत प्रयास चाहिन्छ,’ राष्ट्र बैंक स्रोत भन्छ, ‘बैंक तथा वित्तीय संस्थाको स्वास्थ्यमा केही समस्या छ । त्यसमा सरकार र राष्ट्र बैंक मिलेर समाधान दिनुपर्छ । नियमन विभागले पनि बैंकहरुको उठ्न बाँकी ब्याजलाई नियामकीय जगेडामा गणना र पूँजीकोषमा गणना गर्ने सम्बन्धमा केही परिमार्जन गर्ने विषयमा छलफल गरेको छ