३० असार २०८२, मंगलबार | Tue Jul 15 2025

अमेरिका र बेलायतको निर्देशन आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न


२० श्रावण २०८१, आइतबार  

0
Shares

काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न निर्देशन दिएको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न निर्देशन दिएको हो । भारीतय सञ्चारमाध्यम जि न्यूज रबीबीसीका अनुसार यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छ भनेका थिए । उनले यस क्षेत्रको अवस्था तीव्र गतिमा बिग्रन सक्ने चेतावनी दिएका छन् ।


यता जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन्।

मिसाइल आक्रमणमा परि
तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएसँगै मध्यपूर्वमा तनाव बढ्ने सम्भावना बढेको हो ।

इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि हानियाको मृत्युको आएको थियो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यही घटनाक्रमको बीचमा आइतबार राति हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा ठूलोमात्रमा रकेट प्रहार गरेको बताइएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्रलाई नष्ट गरेको देख्न सकिन्छ । रकेट प्रहारबाट भएका क्षतिबारे कुनै विवरण आएको छैन ।

सम्भावित घटनाक्रमको अनुमान गर्दै कैयौं एयरलाइनहरूले उडान रोकेका छन् । उडानमा रहेकाहरूको पनि टिकट पूर्ण रूपमा रड्द भइसकेको छ ।

शुक्रबार इरानको सरकारी टेलिभिजनका एक उद्घोषणकले ‘विश्वमा असाधारण दृश्य देखिने’ चेतावनी दिएका थिए ।

इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूले आफ्ना नागरिकलाई ‘अगाडि चुनौतीपूर्ण दिन आउने, आफूले अनेकौं धम्की सुनिरहेको र इजरायल कुनै पनि परिदृश्यको लागि तयार रहेको’ बताएका छन् ।

 

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ५ : ५० बजे