देउसी भैलीको रकम निजी स्रोतका शिक्षकलाई

0 Shares

बैतडी, १८ कात्तिक । जिल्लाको महारुद्रमा रहेको एक विद्यालयले देउसी भैलीबाट सङ्कलन भएको रु एक लाखभन्दा बढी रकम निजी स्रोतमा राखिएका शिक्षकलाई दिने भएको छ ।

विद्यालयको आर्थिक स्थिति कमजोर रहेकाले निजी स्रोतका शिक्षकलाई तलबका लागि देउसी भैली खेलिएको बताइएको छ । महारुद्र गाविसमा रहेको जगदम्बा माविका शिक्षक, विद्यार्थी तथा अभिभावकले देउसी भैली खेली एक लाख ११ हजार ६२ रुपैयाँ सङ्कलन गरेको शिक्षक वीरेन्द्र भट्टले बताउनुभयो ।

महारुद्र–७ मा रहेको उक्त विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकले देउसीभैली खेलेर सङ्कलन गरेको रकम निजी स्रोतबाट राखिएका शिक्षकको तलबमा खर्च गरिने उहाँले बताउनुभयो । सय जनाभन्दा बढीको सहभागितामा देउसी भैली खेलिएको बताइएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार