विवेकशिल नेपाली दल कतारको प्रथम अधिबेशन हुदै

0 Shares

bibek-sil-nepaliहोम बस्नेत
दोहा (कतार)/राज्य मात्र होईन, नागरिक, समाज र सरकार सबैमा समयसापेक्ष रुपान्तरण गर्नु जरुरी छ भन्ने मान्यता राखी गठन भएको विवेकशिल नेपाली दल कतारको प्रथम अधिवेशन शुक्रबार हुने भएको छ ।
नेपालबाट कतार बसी विभिन्न पेशा संलग्न नेपालीहरु समेटेर विवेकशील नेपाली दल कतार गठन गरि प्रथम अधिबेशन अधिवेशन गर्न लागिएको हो ।
अधिवेशनको तयारीको सम्बन्धमा विवेकशिल नेपाली दलले गरको साक्षात्कार कार्यक्रममा लागि कतार स्थित सम्पूर्ण नेपाली संघ सस्था राजनीति दलका सगठ समेतलाई निमन्त्रणा गरेको दलका कार्यपालिका प्रमुख सुरेश भटटले बताए । राजनीति लाई घुणा हैन माया गरौ ! उधमशिलताबाट मात्र समृद्ध नेपाल सम्भब छ, राजनिती पेशा होइन सेवा हुनुपर्छ ! भन्ने मुल मान्यता राख्दै स्थापना भएको विवेकशिल नेपाली दल कतारमा धेरै नेपाली युवाहरुको आकर्षण रहेकाले कतारमा पहिलो अधिबेशन गर्ने लागेको बिबेकशिल नेपाली कतारका संयोजक पदम भण्डारीले बताए । प्रथम अधिवेशन एसियन सेफ रेस्टुरेन्ट मन्सुरा दोहामा हुने जनाईएको छ । प्रथम अधिबेशनको लागि प्रचारप्रसार र निमन्त्रणा गरिसकेको बताउदै भट्टले कतारमा रहेका सघ सस्था बैचारिक सगठन समाजसेवी बुद्धिजीवी पत्रकारहरुलाई नोभेम्बर चार तारिख शुक्रबार बिहान दस बजे उपस्थितीको लागि निमन्त्रणा दिई सकिएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार