फिदिम । पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं. २ का एक बालकको चट्याङ लागेर निधन भएको छ ।
आइतबार दिउसो ३ बजे स्थानीय डिल्ली तिम्सिनाका १५ वर्षीय छोरा दर्शन तिम्सिनाको चट्याङले लागेर निधन भएको हो । इन्द्रेणी मा.वि.मा कक्षा ९ मा अध्ययरत तिम्सिना विद्यालयबाट घर फर्कने क्रममा अचानक परेको चट्याङले लागेर गम्भीर घाइते भएका थिए ।
उपचारका लागि स्वास्थ्य चौकी मौवामा चेकजाँच गराउँदा उहालाई स्वास्थ्यकर्मीले मृृत घोषणा गरेको पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बताए ।
यसैगरी, चट्याङ लागेर निधन भएका भाइलाइ हेर्न गएका दर्शनका दाजु १९ वर्षीय लाभप्सन तिम्सिना भाइलाई देखे पछि बेहोस भएका छन् ।
बेहोस दाजुलाई स्वास्थ्य चौकी मौवामा उपचार सम्भव नभएपछि थप उपचारको लागि वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकोे र थप विवरण आउन बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ ।