
काठमाडौं । जिमी (राई) उत्थान समाज सोलुको २६ औं वार्षिक उत्सवको अवसरमा रत्तदान कार्यक्रम सम्पन्न भएको छ ।
समाजले आयोजना गरेको रत्तदान कार्यक्रमा ५१ जनाले रत्तदान गरेका छन् । सोलुखुम्बुबाट काठमाडौंमा बसोबास गरिरहेका व्यक्तिहरुको रत्तदान गरेका थिए । रत्तदान, जीवनदान भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रत्तसञ्चार सेवाको सहयोगमा रत्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।
जातीय अस्तित्व उच्च स्वभिमान, किरात सँस्कृति हाम्रो पहिचान भन्ने मूल नाराका साथ २६ वर्षअधि जिमी (राई) उत्थान समाज सोलुको स्थापना गरिएको थियो । वार्षिक रुपमा समाजले रत्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

सोलुखुम्बु जिल्ला स्थायी ठेगाना भई काठमाडौं उपत्यकाभित्र विभिन्न पेशा, व्यवसाय गरी बसोबास गरिरहेका बाहिङ, खालिङ, कुलुङ, थुलुङ र नाछिरिङका अगुवाहरुले यस सँस्थाको स्थापना गरेका थिए ।
समाजे यहि भदौ २२ गते शनिबारका दिन काठमाडौं एक कार्यक्रमको आयोजना गरी २६ औं वार्षिक उत्सव मनाउन लागेको जिमी (राई) उत्थान समाज सोलुका केन्द्रीय अध्यक्ष यसबहादु बाहिङ राईले बताए ।








