टानको अध्यक्षमा पाण्डे, महासचिवमा शेर्पा र वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा विजयी [भिडियोसहित]

कुन पदमा को विजयी हेर्नुहोस नामसहित

  सगरमाथा अनलाइन
329 Shares

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई १०० मत अनतरले पराजित गर्दै सापकोटा विजयी भएका हुन् ।

विजयी पाण्डेले ५८० मत प्राप्त गर्दा सापकोटाले ४८० मतसहित पराजित भएका हुन् ।

यस्तै महसचिवममा पाण्डे समुहकै सोनामग्यल्जेन शेर्पा ५५० ल्याएर विजयी भएका छन् । उनले सापकोटा समुहका राजेन्द्र प्रसाद सुवेदीलाई पराजित गरेका हुन् । सुवेदीले ४९४ मत ल्याएका थिए ।

वरिष्ठ उपाध्यक्षमा पाण्डे समुहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा विजयी भएका छन् । कार्कीले ४८६ मत ल्याउँदा शेर्पाले ५५८ मत ल्याएर विजय भएका छन् । भने प्रथम उपाध्यक्षमा सापकोटा समुहका विष्णुप्रसाद लम्सालले ५२५ र द्वितीय उपाध्यक्षमा सनम शेर्पाले ५४४ मत ल्याएर विजयी भएका छन् । प्रथम उपाध्यक्षका प्रत्यासी दावा लामातामाङले ५१० र द्धितीय उपाध्यक्षका प्रत्यासी निमेष थापाले ४९३ मत ल्याएर पराजय भएका छन् ।

त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पाले ५९१ मत, कोषाध्यक्षमा गौतम राज वाग्लेले ५८३ र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले ५७८ मत ल्याएर विजयी भएका छन् । सचिव पदका प्रत्यासी सजना त्रिपाठीले ४४५, कोषाध्यक्षका प्रत्यासी गणेषप्रसाद न्यौपानेले ४८९ र सहकोषाध्यक्षका प्रत्यासी डम्बरबहादुर अधिकारीले ४४७ मत ल्याएका थिए ।

महिला सदस्यमा पवित्रा तामाङले ५८५ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी सदस्यहरुमा अम्बिर बहादुर गुरुङले ५७४, विनोद तामाङले ५४२, होमबहादुर विश्वकर्माले ५१६, फुर्पुछिरिङ ल्होमी (भोटे)ले ४९४, विकास गुरुङले ५०९, सागर राईले ५५६, छप्ते लामाले ५११ र राजु गुरुङले ६०४ मत ल्याएर निर्वाचित भएका छन् । त्यसैगरी महिला सदस्यका प्रत्यासी श्रृष्टि भण्डारीले ४३०, अन्य सदस्यका प्रत्यसीहरुमा माधवकुमार धमला ३९२, मेरे कार्की ३४०, शिवप्रसाद लम्साल ३७८, उत्सव ढकाल ३०५, भुवनबहादुर खड्का ३६१, दिनेशप्रसाद तिम्सीना ४४०, विश्व दाहाल ४४३ र सुमन अर्याल ४३९ मत ल्याएका थिए ।

प्रचण्डले दिए बधाई

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहानै खुशीको खबर बाँड्ने अवसर मिल्यो भन्दै अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचितहरूलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरुको अथक मेहेनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार