शहिद कुसुम स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः लोकेन्द्र राउत

  सगरमाथा अनलाईन
322 Shares

सोलुखुम्बु । शहिद कुसुम स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः लोकेन्द्रबहादुर राउतलाई निर्वाचित गरेको छ । प्रतिष्ठानको ९ औं साधारण सभाले अध्यक्षमा पुनः राउतलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

प्रतिष्ठानको उपाध्यक्षमा केशरबहादुर बाहिङ राई, महासचिवमा सीताराम भट्टराई, सचिवमा जनरिखि राई र कोषाध्यक्ष डिल्लिराम घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा वियस राई, इन्द्रबहादुर राउत, सबिना राई र रामबहादुर विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका हुन् ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम पारित समेत गरेको छ । त्यस्तै आ.व. २०८०/०८१ को आर्थिक प्रगति प्रतिवेदन तथा आ.व. २०८१/०८२ को लागि ५३ लाख १० हजार बराबरको बजेट तथा कार्यक्रम पारित, आ.व.२०८०/०८१ अन्तिम लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा विभिन्न वक्ताहरुले मन्तव्य राखेका थिए । साधारणसभा शहिद कुसुम स्मृति प्रतिष्ठानको सभाहल नेचासल्यान ३ मा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार