नेपाली कांग्रेसको पर्यटन विभागमा १० जना सदस्य मनोनयन

  सगरमाथा अनलाईन
2.2k Shares

काठमाडौं । नेपाली कांग्रेस पर्यटन विभागमा १० जना सदस्य मनोनयन गरिएको छ । नेपाली कांग्रेसको विधान २०१७ को संसोधन सहितको धारा २५(९) बमोजिम पार्टिका केन्द्रीय सदस्य आङगेलु शेर्पा प्रमुख रहेको पर्यटन विभागमा १० जना सदस्य मनोनयन गरिएको हो ।

पर्यटन विभागमा सभापति शेरबहादुर देउवाले विनाध बमोजिम १० जना सदस्य मनोनयन गरेका हुन् । यस विभागलाई पूर्णता दिन ५१ जना सदस्य आवश्यक हुन्छ । सदस्यहरुमा खुम सुवेदी (धादिङ), वीरबहादुर महरा (कञ्चनपुर), दिपेन्द्र पाण्डे ‘कपिल’ (गोरखा), लक्की कार्की क्षेत्री (कास्की), छिरिङडोल्मा शेर्पा (दोलखा), दिनेश मगर (ओखलढुंगा) मनोनयन भएका छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा यज्ञमूर्ती आचार्य (अर्घाखाँची), रामप्रसाद पञ्जियार (धनुषा), ईश्वर लामिछाने (स्याङजा) र जंगबहादु लामा (हुम्ला) मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार