काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेस बिहीबारसम्म मन्त्रीमण्डलमा सहभागी हुने भएका छन् ।
बुधबार कांग्रेस कोशी प्रदेशको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए । ‘कोशी प्रदेशमा नेपाली कांग्रेसका पदाधिकारीको बैठक सकिएको छ र अब मन्त्री टुङ्ग्याउने भन्नेछ,’ सभापति थापाले भने, ‘बेलुकासम्म मलाई नाम आउँछ भन्ने जानकारी छ, त्यो भयो भने हामी भोलि (विहीबार) ९ बजेसम्म सरकार गठन गरिसक्छौं ।’
थापाका अनुसार तत्कालका लागि २ राज्यमन्त्री थप्ने सहमति भएको छ । योसँगै अब एमालेबाट २ र कांग्रेसबाट २ राज्यमन्त्री हुनेछन् भने मन्त्रीमण्डल ९ क्याबिनेट र ४ राज्यमन्त्रीसहित १३ सदस्यीय हुनेछ ।