छत्रकोट गाउँपालिकाकी वडा सदस्य नेपाली पदमुक्त

  सगरमाथा अनलाईन
182 Shares

गुल्मी । जिल्लाको छत्रकोट गाउँपालिका ५ को दलित महिला वडासदस्य पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार दलित महिला वडा सदस्यमा निर्वाचित उर्मिला आचार्य नेपाली अन्य दलमा प्रवेश गरेकाले स्वतः पदमुक्त गरिएको हो ।

नेपाली नेपाली कांग्रेसबाट वडासदस्यमा निर्वाचित भएकी थिइन् । कांग्रेस केन्द्रीय समितिले उनलाई पदमुक्त गर्न आयोगलाई गरेको सिफारिस अनुसार पदबाट हटाइएको आयोगले जनाएको छ ।

नेपाली राजनीतिक दलसम्बन्धी नियमावली, ०७४ को नियम २२ को उपनियम २ र ३ बमोजिम पदमुक्त भएकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार