सोलुखुम्बु । नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुको बैठकले यस अघि मनोनयन गरिएका विभिन्न १५ वटा शाखा प्रमुखको जिम्मेवारी अनुमोदन गरेको छ ।
जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पार्टीको नियमावली अनुसार मनोनयन गरिएको जिम्मेवारी अनुमोदन गरेको हो । केन्द्रवाट प्राप्त भएको क्रियाशील सदस्यता नविकरण फाराम वैठकमा उपस्थित पालिका सभापति, उप–सभापतिहरुलाई हस्तान्तरण गर्ने निर्णय भएको छ । त्यसैगरी अनुपस्थित पालिकाको हकमा सम्बन्धित वडा सभापतिहरुलाई नियमानुसार हस्तान्तरण गरिएको सभापति नाम्गेलजाङबु शेर्पाले बताए ।
नेपाली कांग्रेस सोलुखुम्बुको लागि केन्द्रबाट प्राप्त हुने नयाँ क्रियाशील सदस्यता फाराम भराउने सन्दर्भमा बैठकले तय गरेका मापदण्डका आधारमा आवश्यक अध्ययन गरी सुझाव पेश गर्नका लागि कार्यदल गठन गर्ने समेत निर्णय गरेको छ । जिल्ला कार्यसमिति सह–सचिव ङिमछिरी शेर्पालामाको संयोजकत्वमा ३ सदस्सीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा जिल्ला कार्यसमतिति सदस्य दावागेलु पाख्रिन र विना राई रहेका छन् ।
पार्टी कार्यालय वसन्त वजारमा बसेको बैठकमा कांग्रेस केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख आङगेलु शेर्पा, जिल्ला समन्वय समिति प्रमुख, प्रदेश कार्यसमिति सदस्यहरु, महाधिवेशन प्रतिनीधिहरु, पार्टी पदाधिकारी एवं सदस्यहरु, क्षेत्रीय सभापति, पालिका सभापतिहरु, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु समेत गरी ३५ जनाले बैठकको एजेण्डामाथि आ-आफ्नो धारणा राखेका थिए ।