सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाबाट नवजात शिशु र सुत्केरी आमासहित हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।
गाउँपालिकास्थित थुलुङ दुधकोशी सामुदायिक अस्पतालमा सिजेरियन सेक्सन अर्थात अप्रेसनबाट छोरालाई जन्म दिएकी गाउँपालिकाको वडा नम्बर ६ मुक्लीकी अमृता राईसहित उनको नवजात शिशुलाई गाउँपालिका अध्यक्ष अशिम राईको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।
थुलुङ दुधकोशीका गाउँप्रहरी समेत रहेकी अमृताले अप्रेसनमार्फत जन्म दिएको शिशुको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाडौं लगिएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम थुलुङ राईले बताए । यसअघि पनि गाउँपालिकाले २ जना नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिसकेको छ ।