काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को चुनावमा माओवादी राष्ट्रिय पार्टीसम्म बन्नसक्ने टिप्पणी गरेका छन् ।
शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले २०६४ को पहिलो चुनावमा ३१ लाख भोट पाएको माओवादीले निरन्तर मत गुमाएको बताएका हुन् । लगातार तीन वटा चुनावमा माओवादीको मत घटेको उल्लेख गर्दै उनले अगाडि भने, ‘अर्को चुनावमा पुग्दा ४÷५ लाख आउला कि ? राष्ट्रिय पार्टीसम्ममा अडिएला कि ?’
उनले २०८४ को चुनावमा एमालेले भने बहुमत ल्याउने आधारहरु रहेको बताए । मिसन–२०८४ लाई सफल पार्नुपर्ने भन्दै ओलीले भने, ‘मिसन २०८४ मा एकल बहुमत मज्जाले ल्याउनसक्ने आधारहरु छन् । यतिबेलै हामीले आफ्नो सारा सामथ्र्य लगाउनु पर्दछ । र, मिसन २०८४ लाई सफल पार्नु पर्दछ ।’