काठमाडौं । सोलुखुम्बु जिल्लामा ८७ मेगावाटको जलविद्युत आयोजना सफलता पूर्वक सम्पन्न गरेको साहस उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको लकईन अवधी सकिन लागेको सूचना प्रकाशित गरेको छ ।
कम्पनीले एक दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै आउने असोज १६ गतेबाट सम्पूर्ण लकईनमा राखिएका शेयर बिक्रिका लागि खुल्ला हुने बताइएको हो ।
कम्पनीले करिब ८ वर्षअघि आयोजना निर्माणाधिन अवस्थामै जारी गरेको प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिव्यक्ति २०० कित्ताका दरले जम्मा २ करोड ४५ लाख कित्ता संस्थापक शेयर जारी गरेको थियो । त्यसैगरी आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई कम्पनीको साधारण शेयर वि.सं. २०७८ असोज १७ मा बाँटफाँट गरिएको थियो । जारी गरिएको साधारण शेयर संख्या ३५ लाख कित्ता रहेको थियो । कर्मचारीको लागि भने २ लाख १० हजार कित्ता शेयर जारी गरिएको थियो ।
अहिले साहस उर्जाको १ कित्ताको शेयर मूल्य ६१७ रुपैयाँ रहेको छ । कम्पनीले सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११ तिङ्लाबाट सुरुङ छेडेर थुलुङ दुधकोशी गाउँपालिकास्थित दुधकोशी किनारमा ८६ मेगावाटको जलविद्युत आयोजना सफलता पूर्वक सम्पन्न गरेको छ ।