नेचामा २२ औं कोमल स्मृति दिवस मनाइयो

  सगरमाथा अनलाईन
182 Shares

सोलुखुम्बु । नेचामा २० औं केदार स्कुल हत्याकाण्ड स्मृति दिवस तथा २२ औं शहीद कोमल स्मृति दिवस मनाइएको छ । कार्यक्रममा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

केदार स्कुल हत्याकाण्डका रुपमा चर्चित यो घटना वि.सं. २०६१ भदौ २९ गतेका दिन नेचासल्यान गाउँपालिका-४ स्थित केदार मा.वि.को प्राङ्गणमा अखिल (क्रान्तिकारी) सोलुखुम्बुका तत्कालिन संयोजक भुपेन्द्र कार्की ‘अजय’, सचिव उर्मिला राई ‘क्रान्ति’, सदस्यहरु तिलकुमारी गिरी ‘आस्था’, आइकम राई ‘रविन’ र पेम्बा शेर्पा सहित ५ जनाको विद्यालयको प्राङ्गण मै निर्मम हत्या भएको थियो ।

त्यसै गरी २०५९ असार १७ गते नेलेबाट गिरफ्तार गरी ३ महिना बढी सोलुखुम्बुको हिरासतमा राखि ओखलढुंगा हिरासत स्थान्तरण गर्ने क्रममा २०५९ भाद्र २९ गतेका दिन सोलुदुधकुण्ड-८ स्थित पत्तालेको थाले डाँडामा शहीद रमेश कट्टेल ‘कोमल’को निर्मम हत्या गरिएको थियो ।

कार्यक्रम शहीद रमेश कटेल ‘कोमल’का दाई पुण्यप्रसाद कटेलको प्रमुख उपस्थितिमा भएको थियो । कार्यक्रमलाई नेचासल्यान गाउँपालिकाका नेताहरु साथै प्रतिष्ठानका पदाधिकारी र सदस्यहरु, विद्यार्थी नेतृ उर्मिला बांस्तोला लगयतले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।

कार्यक्रममा शहीद परिवार, अखिल (क्रान्तिकारी), हिमाल दर्शन मा.वि. र केदार मा.वि. इकाई समितिका पदाधिकारी एवं सदस्यहरु र श्रद्धाञ्जली कार्यकमका शुभेच्छुक, शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार