सोलुखुम्बु । हिमालयन केयर फाउण्डेशन र सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११ तिङ्लामा अवस्थित सिंहकाली आधारभूत विद्यालयबीच अनुदान सहयोगमा सम्झौता भएको छ ।
सिंहकाली आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच अनुदान सहयोगमा फाउण्डेसनका नेपाल अध्यक्ष सोनामग्याल्जेन शेर्पा र विद्यालय प्रधानाध्यापक हर्कबहादुर राईबीच हस्ताक्षर गरी सम्झौता गरिएको हो । अनुदान सम्झौताको अवधि विं.सं. २०८१ साउन १ गतेदेखि शैक्षिक सत्र २०८६ को असार मसान्तसम्मको हुनेछ ।
फाउण्डेसनले विद्यालयलाई १० वटा प्रोजेक्ट दिने सहमतिमा हस्ताक्षर भएको छ । फाउण्डेसनबाट प्राप्त अनुदान रकम विद्यालयले आवश्यकता अनुसार विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई निजी शिक्षक व्यवस्थापन, छात्रवृत्ति, भौतिक निर्माण तथा मर्मत एवं समग्रमा विद्यालयको शैक्षिक गुणस्तरको लागि खर्च गरिने उल्लेख गरिएको छ ।