किरात खालिङ संघको २३ औं स्थापना दिवसमा वाचनका लागि १० खालिङ कविता छनौट

  सगरमाथा अनलाईन
518 Shares

काठमाडौँ । किरात खालिङ राई उत्थान संघको २३ औं स्थापना दिवसको अवसरमा आयोजित ‘खालिङ भाषिक खुला कविता प्रतियोगीता–२०८१’ मा उत्कृष्ट १० कविता छनौट गरिएको छ ।

संघको २३ औँ स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजित प्रतियोगीताका लागि ५० भन्दा बढि कविताबाट उत्कृष्ट १० कविता छनौट गरिएको छनौट गरिएको हो ।

उत्कृष्ट १० खालिङ भाषाको कवितामा कुसुम खालिङ राई काँकु ४ सेल्थाप माप्यदुधकोशी, रमेश राई रोचम वाकु माप्यदुधकोशी, नरेन्द्र मलिमलाल जुभिङ १ माप्यदुधकोशी, मुना खालिङ राई माप्यदुधकोशी २ राप्छा बोदु, श्रद्धा खालिङ राई ख्याल देल ताकरेश्वर, रेजिना खालिङ (रामरिसफूल) सोलुदुधकुण्ड नगरपालिका १, एकाप्रसाद खालिङ माप्यदुधकोशी ३ खास्त्यप, मिङमार खालिङ माप्यदुधकोशी ७ हाँकुला, रविन खालिङ सोलुदुधकुण्ड नगरपालिका १ छिगाउँ र मज्जलाल ख्याल माप्यदुधकोशी २ घ्वाल्प्यलुङका कविता छनौटमा परेको छ ।

छनौटमा परेका १० कविता यहि असोज १० गते काठमाडौँमा आयोजना हुने स्थापना दिवस विशेष कार्यक्रममा कविहरु स्वयंले वाचन गर्ने छन् । छनौटमा परेका खालिङ भाषाको १० उत्कृट कविताहरुको कविता संग्रह निकाल्ने किरात खालिङ राई उत्थान संघका अध्यक्ष बलबहादुर खालिङले बताए ।

प्रतियोगीताका विजेता प्रथमलाई १० हजार, द्धितीयलाई ७ हजार र तृतीयलाई ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिनेछ । बाँकी ७ प्रतिस्पर्धीलाई नगद १ हजार ५ सयको साथमा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष खालिङले बताए ।

रक्षामन्त्री खालिङ र कवि रातोसलाई सम्मान गरिने

संघको २३ औं स्थापना दिवसको अवसरमा खालिङ समुदायबाट नेपाल सरकारको रक्षामन्त्री बनेका मानवीर खालिङ र कवि तथा साहित्यकार गिलु रातोस खालिङलाई सम्मान गरिने भएको छ ।

पछिल्लो समय गठन भएको मन्त्रीमण्डलमा सोलुखुम्बु जिल्लाबाट प्रतिनधी सभामा निर्वाचित मानवीर खालिङ नेपाल सरकारको रक्षामन्त्रीमा नियुक्त भएका थिए । मन्त्री खालिङ नेकपा एमालेको केन्द्रीय सदस्य समेत छन् ।

पत्रकारिताबाट लेखन यात्रा शुरु गरेका गिलु रातोस (गणेशकुमार खालिङ) पछिल्लो समय साहित्य क्षेत्रमा परिचित नाम हो । सिलीदुङ कविता संग्रहबाट साहित्य यात्रामा लागेका रातोसको ‘मेषी दण्ड’ (मेखीदण्ड) नाकटले उनी झनै चर्चाको शिखरमा पुगेका छन् । संघको स्थापना दिवसमा खालिङ समुदायका अगुवाहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष खालिङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार