धनुषामा हिरासतबाट ८ जना थुनुवा फरार

  सगरमाथा अनलाईन
133 Shares

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् ।

आइतबार राति भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरी स्रोतले जनाएको छ ।

हिरासतबाट ९ जना फरार भएकोमा १ जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, भास्करकुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै १ जना नाबालक रहेका छन् ।

फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले ८ जना थुनुवा हिरासतबाट भागेको सुनेको बताए । यस विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय जान लागेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार