काठमाडौं । काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा १ जना महिला, २ जना पुरुष र १ जना बच्चा छन् ।
आज बिहान करिब ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको नेपाल सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

बेपत्ताहरुको खोजिकार्य जारी रहेको पनि बताइएको छ । देशभर भारी वर्षा भैरहेकाले यात्रा नगर्न पनि सर्वसाधारण नागरिकलाई अपिल गरिएको छ ।