काठमाडौं । काठमाडौ नागार्जुन नगरपालिकामा घर भत्किँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नागार्जुन नगरपालिका-३ ५५ वर्षीय एक पुरुष छन् । सशस्त्र प्रहरी बलका अनुसार घर भत्किँदा ३ जना पुरिएका छन् । उद्धारका लागि सशस्त्र मुख्यालयबाट एम्बुलेन्ससहितको टोली परिचालन भएको छ ।
हिजोदेखि देशभर परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षती भएको छ । यो समाचार तयार पार्दासम्म देशका विभिन्न स्थानमा ८ जनाको मृत्यु भैसकेको छ, भने, १८ जना बेपत्ता भएका छन् ।
