सुनसरी । दुई दिनदेखि लगातारको वर्षासँगै आएको बाढीका कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सत्पकोसीमा पानीको बहाव अध्याधिक उच्च भएका कारण थप क्षती नहोस भनेर ब्यारेजको सबै ढोका खोलिएको हो ।
सप्तकोसी नदिमा यो वर्ष कै उच्च वहाव आएको छ । कोशी ब्यारेजमा पानी बहाव उच्च मापन गरिएको छ । शनिवार बिहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार २ सय ८५ क्युसेक पुगेको छ ।
अविरल वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ती बालिएको छ । अति आवश्यक काम बाहेक सो क्षेत्र आसपासमा नजान पनि आग्रह गरिएको छ ।

सप्तकोसीको ५६ वटै ढोका खोलिएपछि बिहारका तटिय क्षेत्र डुबानमा परेको छ । अधिकांश घरहरु डुबानमा परेका छन् । सप्तकोसीमा मिसिने विभिन्न नदीहरु भएको क्षेत्रमा दुईदिनदेखि अविरल वर्षा भैरहेकाले अझै सप्तकोसीमा पानीको बहाव बढ्ने अनुमान गरिएको छ ।