सुनकोसीमा आएको बाढीले खुर्काेटको पुल बगायो

  सगरमाथा अनलाईन
287 Shares

रामेछाप । रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीले बगाएको छ ।

निरन्तरको झरीले सुनकोसीमा आएको बाढीले दुई जिल्ला जोड्ने खुर्काेटमा रहेको मोटेरेवल पुल शनिबार मध्यान्हको समयमा बगाएको स्थानीयले बताएका छन् ।

यो पुल निर्माण भएपछि रामेछाप र दोलखाका नागरिकलाई राजधानी काठमाडौँ जाने आउने दुरी छोटो भएको थियो । यो पुल बगाएसँगै अब रामेछापका नागरिकहरूलाई सित्खाको बाटो वा दोलखाको चरिकोट हुँदै खाडिचौरको बाटो भएर राजधानी काठमाडौँ आऊ जाऊ गर्नुपर्ने भएको छ ।

यो पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपैयाँ भन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१÷०७२ मा अनक, बाइपि तुण्डी जेभीले निर्माण गरेको थियो । यो पुल बनेपछि रामेछाप सदरमुकाम मन्थलीबाट काठमाडौँ जान झन्डै ७५ किलोमिटर दूरी कम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार