सोलुखुम्बु । जिल्लाको विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ ।
सोलुदुकुण्ड नगरपालिका वडा नं. ९ गोराखानीमा पहिरोमा पुरीएर ३ जनाको मृत्यू भएको हो । त्यसैगरी सोलुदुधकुण्ड १० टाप्टिङमा पहिरोमा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
अपरान्ह आएको पहिरोले घर पुरिँदा स्थानीय तामाङ समुदायका २ जना र १ जना शेर्पाको मृत्यू भएको हो । नगर प्रमुख नाम्गेलजाङबु शेर्पाका अनुसार गोराखानीमा तामाङ परिवारका आमा छोरी गरि २ जना र छिमेकी १ जना शेर्पाको ज्यान गएको हो ।