गोराखानी र टाप्टिङमा मृत्यु भएकाप्रति नगरप्रमुख शेर्पाद्धारा दुःख व्यक्त

  सगरमाथा अनलाईन
182 Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेलजाङबु शेर्पाले गोराखानी र टाप्टिङस्थित पहिरोमा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेका छन् ।

अविरल वर्षाका कारण गोराखानीमा ३ र टाप्टिङ २ जना गरी ५ जनाको ज्यान गएको घटनाप्रति नगर प्रमुख शेर्पाले प्रेस विज्ञप्ती मार्फत दुःख व्यक्त गरेका हुन् । ‘केही दिन यता परिरहेको भारी वर्षाको कारण देशभरका विभिन्न ठाउँमा ठूलो मात्रामा धनजनको क्षती हुन पुगेको छ । यसै क्रममा सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ९ गोराखानीमा ३ जना र वडा नम्बर १० टाप्टिङमा २ जना गरि जम्मा ५ जना नागरिकको पहिरोमा परि ज्यान गएको दुःखद घटनाप्रती नगरपालिका अत्यन्तै दुःख व्यक्त गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।

उक्त विपत्तीमा परी ज्यान गुमाउनु हुने परिवारजनमा गहिरो समवेदना अर्पण गर्दछौ । साथै मृतकहरुको पोष्टमार्टम कार्यको सहजताको लागि जिल्ला अस्पताल फाप्लु र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको सहकार्यमा भोलि १३ गतेका दिन वोड्छु मेमोरियल नगर अस्पताल टाप्टिङमा गर्ने गरि व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ, विज्ञप्तीमा भनिएको छ ।

नगरपालिका क्षेत्रमा उद्दार कार्य तथा थप सम्भावित क्षती हुन नदिनको लागि नगर प्रहरीको परिचालन गर्नुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसङ सहकार्य गरिएको बताइएको छ ।

आपतकालीन अवस्थाको लागि नगरपालिकाको एम्बुलेन्स र शव वाहन तयारी अवस्थामा राखिएको छ । अझै पनि नगरपालिकाको विभिन्न ठाउँमा घर, सडक लगायतको पुर्वाधार भत्किएर ठूलो मात्रामा भौतिक सम्पतिको क्षती भैरहेको बताइएको छ । यस अवस्थामा मौसममा पुर्ण रुपमा सुधार नभएसम्म यात्रा नगर्नु हुन र बाढी पहिरो आउन सक्ने सम्भावित तथा जोखिमको क्षेत्रमा नगरबासी सबैले संमयमता अपनाउन हुन समेत नगर प्रमुख शेर्पाले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार