काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा विशाल राई सर्वसहमत निर्वाचित भएका छन् ।
काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमबीच राईको अध्यक्षतामा ३६ सदस्यीय जिल्ला कमिटी सर्वसहमत रुपमा चयन गरिएको हो । त्यसैगरी उपाध्यक्षमा निसान बस्नेत, सचिवमा अनिस बस्नेत, सह सचिवद्धय संगिता खालिङ र मनिषा बस्नेत, कोषाध्यक्षमा रुपन रोक्कालाई चयन गरिएको थियो ।
युवा संघको अन्तर जिल्ला कमिटि सोलुखुम्बु जिल्लाको विभिन्न स्थानीय तहबाट काठमाडौंमा आई अस्थायी रुपमा बसोबास गर्ने नेकपा एमाले समर्थित युवाहरुको संगठन हो ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी, नेकपा एमालेका जिल्ला स्तरका नेता, कार्यकता तथा साेलुखुम्बुबाट काठमाडौं आइ बसोबास गर्ने नेकपा एमालेका समर्थकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।