सुनसरी । बाढीबाट सुनसरीमा ५ सयभन्दा बढी परिवार प्रभावित भएका छन् । २ दिनसम्म लगातार परेको वर्षाका कारण सुनसरी जिल्लामा मात्रै ५ सयभन्दा बढी घरपरिवार प्रभावित भएका हुन् ।
कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय बासिन्दाले बताएका छन् । इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिए ।
हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन् । जिल्लाका ५ सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएका उनले बताए ।